Who जे माग्यो त्यही पुग्ने नि:सन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव दर्शन गर्नुहोस् :

जे माग्यो त्यही पुग्ने नि:सन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव दर्शन गर्नुहोस् :

PROMOTED CONTENT

हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्!

Spasmalir

सासुले 1हप्तामा 12किलो घट्ने उपाय दिनुभयोसुत्नुअघि 1 कप पिउनुहोस

Better Me

नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दा जे माग्यो त्यही प्राप्त हुने विश्वास छ । निसन्तानलाई सन्तान दिने अति विश्वासका धरोहर दुप्चेश्वर महादेवमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा लाग्ने गर्दछ । दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको विशेष दिन धान्यपूर्णिमाको साँझ हो मन्दिरका पुजारी भगवान्हरि धितालले जानकारी दिनुभयो ।

स्थानीयबासीका अनुसार करीब २०० वर्ष अघि स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेका छन् ।

समुन्द्र मन्थन गर्दा निक्लिएको वि ष से व न पछि छट्पटिएका महादेव शिव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ । ‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आउने गरेको पूजारी धितालको भनाइ छ । मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन् ।

‘सानो पशुपतीनाथ’ को रुपमा परिचित महादेव दुप्चेश्वर गाउँपालिका–३ मा अवस्थित छ । उक्त स्थानसम्म जान भौगोलिक रुपमा कठिन हुने हुँदा एक पटक पुग्नु नै पर्छ भन्ने धेरै भक्तजनको भाकल पूरा गर्न सहज व्यवस्थापन बनाउन आफूहरु सक्रिय रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार जात्रामा सहभागी भक्तजनका लागि आउजाउ सहज बनाउन रामती बजारसम्म नै यातायातको साधन सञ्चालनमा ल्याइएको छ । जसको कारण १५ मिनेट पैदल हिँडेरै भगवान्को स्थलसम्म पुग्न सकिन्छ ।

जात्रामा सहभागी भक्तजनको लागि थर्पु, बाँस बस्न अस्थायी आवास, जात्रामा सहभागी हुने झाक्री, लामा, ठ्याङ्ग्रेहरुको लागि थप सुविधाको समेत व्यवस्था मिलाइएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । दुप्चेश्वर जात्रामा धुपी, डोको, थुञ्चे बिक्री मेलामा फस्टाउने भए पनि सरकारले निगालो कटानमा लगाएको प्रतिबन्धले हस्तकलाबाट उत्पादित सामग्री बेच्न बस्नेको सङ्ख्या पछिल्लो वर्षहरुमा घट्दै गएको छ ।

दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । गतवर्ष धान्य पूर्णिमाको अवसरमा १५ हजार दर्शनार्थीले दर्शन गरेकाका थिए ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author