What जहाँ यौन हिंसाबाट जोगिन स्तनमा आइरनले डामिन्छ !

धेरै बच्चाका लागि जन्मदिन विशेष उत्सवको समय बन्छ । तर, मिराबेलका लागि यस्तो भएन् । नाइजेरियामा बस्ने क्यामेरोनियाली शरणार्थी मिराबेलका लागि १० औं वर्षको प्रवेश निकै पीडादायी रह्यो ।

जब उनी १० वर्षकी पुगिन्, उनको दैनिकमा कठोर पीडा र यातनाको सुरुवात भयो । उनकी आमाले तातो ढुंगाले उनको स्तनमा आइरन लगाउन थालिन् ।

हरेक बिहान, नाइजेरियाको दक्षिणपूर्वी क्रस रिभर स्टेटको अगोजामा बस्ने शरणार्थी समुदायका छिमेकीले उनको खुट्टा समातेर राख्छन् । उनका कलिला स्तनलाई बढ्न नदिन उनकी आमाले आगोबाट तातो ढुंगाले निकार जोडले दबाउँछिन् ।

हुर्कदै गरेका केटीहरुका बढ्दै गरेका स्तनको विकासलाई रोक्न यो प्रक्रिया महिनौं, वर्षौसम्म दोहोरिन्छ । ‘उनीहरुले मेरा स्तनमा आगो लगाइरहेको जस्तो महसुस हुन्छ’ मिराबेल भन्छिन् ।

हरेक बिहान, नाइजेरियाको दक्षिणपूर्वी क्रस रिभर स्टेटको अगोजामा बस्ने शरणार्थी समुदायका छिमेकीले उनको खुट्टा समातेर राख्छन् । उनका कलिला स्तनलाई बढ्न नदिन उनकी आमाले आगोबाट तातो ढुंगा निकालेर जोडले दबाउँछिन् ।

उनकी आमा एन्जेलालाई छोरीको पीडाभन्दा पनि पुरुषबाट हुने यौन हिंसा र शोषणबाट कसरी जोगाउने भन्ने बढी चिन्ता छ ।

एन्जेला आफ्नी छोरीप्रति पुरुषको आकर्षण कम होस् भन्ने चाहन्छिन् । एन्जेला भन्छिन् ‘म उनलाई वरपरका केटाहरुको टार्गेट हुन दिन चाहन्न । मलाई थाहा छ, यहाँ धेरै केटाहरु कलिला केटीको पछि लाग्छन् ।’

क्यामरुनका महिलामा यो चलन पुस्तौंपुस्तादेखि चल्दै आएको छ । यसबाट महिलामा पर्ने मनोवैज्ञानिक तथा शारीरिक असरलाई बाहिर ल्याँइदैन् । बरू यसलाई एउटा सामाजिक परम्पराको रुपमा निरन्तरता दिँदै आएका छन् ।

यसको अभ्यास कसरी सुरु भयो भन्ने तथ्य स्पष्ट छैन । तर क्यामरुनका एक चौथाई महिलाको स्तनमा आइरन लगाइएको हुन्छ, क्यामरुनको गैर–सरकारी संस्था लैंगिक सशक्तिकरण र विकास (जिइइडी) ले गरेको अनुसन्धानले करिब ६० प्रतिशत मुद्दामा छोरीको ‘स्तन आइरनिङ’ आमाहरुले गर्ने गरेका छन् ।

संयुक्त राष्ट्र संघले ‘स्तन आइरनिङ’ लाई लिङ्गमा आधारित हिंसा भनेको छ, जुन सबैभन्दा कम रिपोर्ट भएको अपराधको रुपमा व्याख्या गरिएको छ । यसबाट विश्वव्यापी रुपमा ३ दशमलव ८ मिलियन महिला प्रभावित छन् ।

नाइजेरियाको क्रस रिभर स्टेटमा रहेका अन्य शरणार्थीहरु जस्तै मिराबेल र एन्जेला दक्षिणपश्चिमी क्यामरुन सहर अक्वायाबाट भागेर आएका हुन् ।

सरकारी सेना र अंग्रेजी बोल्ने अल्पसंख्यक पृथकतावादीबीच द्धन्द्ध भएपछि धेरै मानिस त्यहाँबाट नाइजेरिया पुगेका थिए ।

आन्तरिक द्धन्द्धले करिब ५ लाख मानिस विस्थापित भए । यसले उक्त क्षेत्रमा मानवीय संकट उत्पन्न भयो ।

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सी ९युएनएचसिआर० ले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नाइजेरियामा क्यामरुनका ५० हजारभन्दा बढी शरणार्थीहरु छन्, जसमध्ये क्रस रिभर स्टेटमा ७० प्रतिशत छन् ।

एन्जेला र उनकी छोरी ओगोजा २०१८ को फेबु्रअरीमा आएका थिए, अन्य हजारौैं शरणार्थीहरु एडगम र ओकेन्डेमा शरण लिइरहेका थिए, त्यहाँ रहेका महिला र केटीहरुले आफूमाथि यौन दुव्र्यवहार र शोषण भएको गुनासो गर्दै आएका छन् ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author