विर्य मात्र होइन शरीर का कुनै पनि कोसीका, तन्तु या अंग बन्न रगतको जरुरत पर्छ । किनभने रगतबाट नै पोषकपदार्थहरु शरिरका बिभिन्न भागमा पुग्छन र नया कोसीकाहरुको बिकास हुन्छ ।यस बाहेक सबै हर्मोन, इन्जाइम, शरीरमा बन्ने विभिन्न तरल पदार्थ (जस्तै थुक) लाइ चाहिने कच्चा पदार्थ पनिरगत बाटनै प्राप्त हुन्छ । शरीर बाट बाहिरनिस्कने पिशाब र पसिना पनि रगत बाट छानिएर नै निस्कने हो। शरीरमा रगतको भूमिका सामान ओसार पोसार गर्नेसाधन को रुपमा हुने भएकोले सबैकुरामा रगत महत्वपुर्ण भएको हो । कतिपय मानिसहरुमा के विश्वास छ भने विर्य बन्दा रगत चाहिने भएकोले विर्य नस्ट भयो भने एक प्रकारले रगतको नस्ट हुन्छ । आयुर्वेदिक डाक्टरहरुले कहिलेकाही धारणालाइ पक्षपोषण गर्दा कतिपय मानिसहरुमा यस सम्बन्धमा गलत धारणा बस्न गएको देखिन्छ । तर बैज्ञानिक रुपमा हेर्दा यो कुरा पूर्ण रुपले गलत हो । विर्य बन्ने क्रम मा रगत आफैं सिधै विर्य बन्ने होइन । जसरि थुक मा हुने पानी र अन्य तत्व रगतबाट आउछ, त्यसै गरि विर्यको लागि चाहिने कच्चा पदार्थ हरु रगत बाट प्राप्त हुने हो । यसर्थ विर्य बन्ने क्रम मा रगत नस्ट हुदैन ।विर्य नस्ट हुदा शारीरक तागत पनि नस्ट हुन्छ कतिपय मानिसले के कुरामा विश्वास गर्छन भने विर्य एक अमुल्य पदार्थ हो र यसलाई बचाएर राख्नुपर्छ । खास गरेर भारतका बिहार, युपी, हरियाणा बाट सेक्स सम्बन्धि समस्या लिएर डाक्टरलाइ देखाउन आउने मानिसहरु तथा उत्तर भारतमा काम गर्ने नेपालीहरु मा यस्तो विश्वास ब्याप्त पाइन्छ । एक थोपा विर्य बन्न ४० थोपा रगतमासी अनि १ थोपा रगतमासी बन्न ४० थोपा रगत चाहिन्छ भन्ने धार्मिक विश्वासले गर्दा धेरै मानिसले आफुमा आउने शारीरिक मानसिक कमजोरीलाई स्वप्नदोस या हस्तमैथुन संग जोडेर हेर्छन । आधुनिक चिकित्सा बिज्ञानका अनुसार विर्य शरीर बाट निस्कनु र शारीरिक मानसिक कमजोरीमा सिधा सम्बन्ध छैन । विर्य शरीरमा जम्मा गरेर पछी प्रयोग गर्ने उदेस्यको लागि बन्ने होइन । बिर्यमा हुने शुक्रकिट को आयु २-३ महिना हुन्छ र यदि शरीर बाट निस्केनन भने तिनीहरुको शरीर भित्रै नस्ट हुन्छ । विर्य को मुख्य काम शुक्रकिटलाई बचाएर राख्ने र सेक्सको समयमा महिला प्रजनन अंग भित्र शुक्रकिटलाई शुरक्षित रुपमा पुर्याउने हो ।

You must be logged in to post a comment.