यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, म मरेपछि मेरो आँखा तपाईंकी दृष्टिविहीन छोरीलाई दिनू । राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे भन्ने कथन छ ।
चर्चित फ्रान्सेली दार्शनिक तथा लेखक भोल्तेयरको बारेमा धेरै परिचित छन् । उनको साहित्य र दर्शन जति चर्चित छ, उनको प्रेम जीवन पनि त्यस्तै चर्चित छ । उनको फ्रान्सकै सामाजिक कार्यकर्ता इमिलीसँग प्रेम बस्यो । इमिली विवाहिता थिइन् । तर पनि भोल्तेयरसँग उनको गहिरो प्रेम थियो । बौद्धिक एवं दार्शनिक प्रेमका लागि विश्वभर चर्चित यो जोडीको प्रेम सम्बन्धको १९ औं वर्षमा इमिलीको निधनसँगै पूर्णविराम लाग्यो । तर उनीहरुको प्रेम चर्चा भने विश्वभर उदाहरणीय मानिन्छ ।
जार निकोलस द्वितीय र अलेक्जेन्ड्रा फेडेरोभ्ना
You must be logged in to post a comment.