काठमाडौं– ‘बिकिनी किलर’को नामले चर्चित रहेका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज आफ्नो युवा उमेरमा ‘द स्प्लिटिङ्ग किलर’ अर्थात् क्रुर रुपमा हत्या गर्ने अपराधीको रुपमा चर्चित थिए। उनी पक्राउ पर्ने र अनौठो रुपमा जेलबाट भाग्न पनि सफल भएका थिए। यस्ता क्रुर अपराधी, जो प्रहरी र अनुसन्धानकर्ताहरुको आँखामा धुलो छरेर भाग्न सफल हुन्छ, उनको कथालाई लिएर अन्तर्राष्ट्रिय रुपमा नै फिल्म निर्माताहरुले फिल्म बनाउन सुरु गरे।निर्माताहरुले उनको कथालाई आम्दानीको स्रोतको रुपमा लिएर अपराध र जेलबाट भाग्न सफल भएको जीवनका किस्साहरुलाई फिल्ममा प्रस्तुत गरेका छन्।
विचार-विश्लेषण शोभराजमाथि फिल्म बनाउन किन मरिहत्ते गर्छन् निर्माता?
यहाँ शोभराजलाई मुलत: विषयवस्तुको रुपमा लिएर बनाइएका वेब सिरिज र केही फिल्महरुको चर्चा गरिएको छ।
यसरी हत्या गरिएका यात्रुहरुको पासपोर्ट प्रयोग गरेर फरक-फरक परिचयमा शोभराज विश्वभर नै यात्रा गरिरहन्छन्। लुटिएका गहनाहरुलाई आफ्नी प्रेमिका मारि आन्द्रे लेक्लेर्कसँग मिलेर बेचिरहेका हुन्छन् उनी। अपराधको शीर्ष विन्दुमा पुगेका उनीमाथि जब नेदरल्याण्ड्सका कुटनीतिज्ञ हर्मन क्निप्पेनबर्गले अनुसन्धान थाल्छन्, तब उनका अपराधका पत्रहरु खुल्दै जान्छन् र क्निप्पेनबर्ग शोभराजसम्म पुग्न सफल हुन्छन्।आठ एपिसोडमा बाँडिएको यो सिरिजमा तहार रहिमले चार्ल्स शोभराजको भूमिका निभाएका छन् भेन जेन्ना कोलमेनले उनकी प्रेमिकाको। नेदरल्याण्ड्सका कुटनीतिज्ञको भूमिकामा देखिनेमा बेलायती अभिनेता विल्ली होव्ले रहेका छन्।
You must be logged in to post a comment.